माघ १७,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको बुटवल- ११ नहरपुर रहेको ज्ञानपुञ्ज सेकेण्डरी बोर्डिङ्ग स्कुलमा माघ १२ गते देखि सञ्चालित खेल सप्ताह सम्पन्न भएको छ । खेल सप्ताहको समापनपछि शुक्रबार औपचारिक समारोहबीच विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि विद्यालयका संस्थापक प्राचार्य तोयाराम पौडेलले विद्यार्थीको चौतर्फी विकासका लागि किताबको ज्ञानसंगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यालयले प्राथमिकता दिँदै आएको बताए । कार्यक्रममा विद्यालयका सहप्राचार्य हिमलाल न्यौपाने, कोर्डिनेटर सुर्य पाण्डे लगाएतले मन्तव्य राखेका थिए ।
विद्यालयका सहप्राचार्य हिमलाल न्यौपानेको अध्यक्षता र अतिरिक्त क्रियाकलाप कोर्डिनेटर हरि भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया