ताजा अपडेट »

सुन तस्करी प्रकरणः आजबाट काठमाडौं अदालतमा थुनछेक बहस

बुधबार, १० असोज २०८०
1 Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो । 

गत साउन ४ गते समातिएकाे ६० केजी बढीकाे साे सुन तस्करी प्रकरण र भेपमा ल्याइएकाे झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाइ थुनामा राखेर छानबिन गर्न आदेश  माग गर्नेछ ।