बुटवल । ४४ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा बुटवल गोलपार्क स्थित दुर्गा मन्दिर परिसरमा सन्ध्याकालिन महाआरती हुने भएको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशलेको आयोजनामा असोज ९ गते साँझ आरती हुने भएको हो ।
सांझ ६ बजे शंखध्वनीका साथ आरती हुने र साथमा शिव तान्डव झाँकी र भजन पनि समाबेश गरिएको छ । 'धर्म संस्कृतिप्रति हाम्रो सम्मान पर्यटन प्रबर्द्धन हाम्रो अभियान' भन्ने मूल नारालाई आत्मसाथ गर्दै सन्ध्याकालिन आरति गर्न लागेको कार्यक्रम संयोजक गणेश भट्टराईले बताए।
बिगतमा देखिएको आरती कार्यक्रम प्रति दर्शकको घुइचो र महत्व रहेकोले नै साे अवसर पारेर संन्ध्याकालिन आरती गर्न लागिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एनेन्ट नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।
दुर्गा मन्दिरमा दैनिक अथवा साप्ताहिक आरती हुने हो भने छिमेकी उत्तर प्रदेशका धार्मिक पर्यटकलाई आकर्षिक गर्न सकिने विश्वास गरिएको छ । बुटवलमा धार्मिक तथा सास्कृतिक पर्यटनमा नयाँ आयाम थपिने र सन्चालन मा आएको लुम्बिनि केवल कार सन्चालन मा यसले विशेष भूमिका खेल्ने उनको भनाइ छ ।
जसकालागि सम्बन्धित विभिन्न निकायबाट अवलोकनका लागि निमन्त्रणा गरिसकिएको र कार्यक्रमको तयारी पूरा भएको छ ।
प्रतिक्रिया