बुटवल । सक्षम बचत तथा ऋण सहकारी सस्था बुटवल ८ को १६ औँ वार्षिक साधारण सभा सनिवार बुटवलमा सम्पन्न भएको छ ।
२०६५ साल असार २५ गते सहकारी डिभिजन कार्यालय रुपन्देहीमा दर्ता भएको सहकारीमा आर्थिक वर्ष २०७९/८० को अन्त्य सम्ममा कुल ४४३ सेयर सदस्यहरुले आर्थिक कारोवार गरिरहेको र सहकारीले सहकारीका आधारभूत क्षेत्र र सिद्धान्त भन्दा बाहिर रहेर कार्य नगरेकोले वर्तमान समयमा देखिएका सहकारीता सम्बन्धी समस्याहरु नरहेको कुरा अध्यक्ष लिलाधर लुइटेलले आफ्नो मनतव्यमा राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी रुपन्देही बचत तथ ऋण सहकारी संघका अध्यक्ष बसन्त प्रसाद ढकालले पछिल्लो समयमा जिल्ल बाहिर केन्द्रीय कार्यालय रहेर रुपन्देहीमा आर्थिक कारोवार गरिरहेका सहकारीका गतिविधिले रुपन्देहीको सहकारी क्षेत्रमा नागरिकहरुले शंका गरिरहेको अवस्थामा सक्षम सहकारीले आफ्नो कार्यमा नमुना पेस गरेको र अन्य सहकारीहरुलाई यो नमुना अनुशरण गर्नका लागि अनुरोध गर्दै शुभकामना दिए ।
कार्यक्रमका विशिष्ट अतिथी अर्थशास्त्रि दीपक रायमाझीले सहकारीहरु आफ्ना आधारभूत सिद्धान्त र न्यून पुजी भएका नागरिकहरुलाई गोलबद्ध गर्ने कार्यमा लाग्नु पर्ने र आम नागरिकहरुले ब्याजको प्रलोभन वा अन्य आसामा स्थानीय भन्दा बाहिरका सहकारीहरुमा कारोवार नगर्न अनुरोध गरे । उनले पछिल्लो समयमा सहकारीहरुले अनुत्पादनशील क्षेत्रमा घुमाउरो तरिकाले कर्जा प्रवाह गरिरहेकोले उक्त गतिविधिमा सहभागीता नराख्न सुझाव समेत दिनु भएको थियो ।
कार्यक्रममा ७० वर्ष पुगेका जेष्ठ नागरिकहरु लेथनाथ पौडेल , चक्रपाणी कडेल र तुल्सिराम भुसाल सम्मान , २०८० सालको एस ई ई परिक्षामा सामुदायिक र सस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा हाशिल गर्ने सेयरधनीहरुका छोराछोरीहरुबाट एक एक जना गरि ४ जना , असल दैनिक बचतकर्ता र बाल बचतमा एक एक जना वि.वि.ए. छात्तवृत्ति प्राप्त एक जनालाई सम्मान गरिएको कुरा शिक्षा उप समिती संयोजक मोहन भट्टराईले बताए ।
उपाध्यक्ष देविराम पाण्डेले स्वागत मनतव्यबाट उपस्थित सबैलाई स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष लिलाधर लुइटेल र सञ्चालन समाजसेवी युवा दीपक खड्काले गरेका थिए ।
प्रतिक्रिया