गुल्मी । गुल्मीको मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त भुसालले पोषण झोला जस्ता कतिपय स्वास्थ्य सामग्री वितरण गरेर राज्यलाई कंङ्गाल नबनाऔं भन्ने सरोकारवालालाई सुझाव दिएका छन । शुक्रबारदेखि दुई दिनसम्म छत्रकोट गाउँपालिका २ स्थित पल्लीकोट स्वास्थ्य चौकीमा चलिरहेको स्वास्थ्य सम्बन्धित जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा पालिकाको स्वास्थ्य अबस्था बारे प्रतिवेदन प्रस्तुत गर्दै उनले सो सुझाव दिएका हुन् ।
'म स्वास्थ्यकर्मीको नाताले मात्रै होईन, एकजना सेवाग्राहीको हैसियतले भन्छु, स्वास्थ्य सामग्रीमा वितरणमुखी नबनौं, हामीले पनि प्रशस्तै पोषण झोला बाँड्यौं तर हामीले वितरण गरेका झोलाका पोषणयुक्त खाद्य पदार्थ ति आमाले खाएर प्रभावकारी भएको मैले पाईन ।'-उनले भने, त्यस्तै आमाहरुलाई अण्डा दिने चल्ला दिने कार्यक्रम पनि कर्माकाण्डी र प्रचारमुखी मात्रै भएको उनको बुझाई छ । उनले परिवार नियोजन सेवा बारे पनि ब्याङ्ग गरे । 'सबै पुरुष खाडी मुलक लगायतका विदेशमा छन, घर आउँदा दुई चार महिना बस्ने हुन । अलि-अलि परिवार नियोजनका साधन वितरण त गरिन्छ तर प्रभावकारी भए जस्तो लाग्दैन ।'- उनले भने । मुख्य चुनौती मुटु रोग रोग, क्यान्सर रोग र आत्माहत्या रहेको बताए । आत्माहत्या नशा सम्बन्धित औषधी जथाभावी विक्रि वितरण भएकोले बढेको उनको बुझाई छ । उनले बजार अनुगमान हुन नसकेको, कसले बेच्न पाउने-नपाउने भन्ने कुरामा पालिकाले नियम नबनाएकोले यो अवस्था आएको धारणा राखे ।
उनले अर्जे स्वास्थ्य चौकीमा डाक्टर सहितको सेवा प्रवाह गरिएको र उनै डाक्टरद्वारा विभिन्न वडाहरुर्मा घुम्ति शिविर राखेर सेवा प्रवाह गरिएको बताए ।
शुक्रबारदेखि १२ वटै पालिकाको स्वास्थ्य सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम शनिवार पनि जारी छ ।
प्रतिक्रिया