ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट रौतहटमा महिलाको मृत्यु

विहीबार, ०४ असोज २०८०

रौतहट । मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।