ताजा अपडेट »

सिन्धुलीमा सर्पले टोकेर एक जनाको मृत्यु

विहीबार, ०४ असोज २०८०

काठमाडौँ । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

असोज ३ मा सर्पले टोकेपछि उनलाई दुधौली स्थित सर्पदंश अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। दायाँ हातको औँलामा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरेका छन् ।