ताजा अपडेट »

गुल्मीका दुई पत्रकार सम्मानित

विहीबार, ०४ असोज २०८०

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसरमा जिल्लाका दुई जना पत्रकारहरुलाई वर्ष पुरस्कार-२०८० बाट सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेर र सामुदायिक रेडियो धुर्कोटका स्टेशन म्यानेजर बाशुदेव पोखरेललाई सम्मान गरेको हो ।

दुबै जना पत्रकारलाई जनही १० हजार नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरि र प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थी लगायतले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्दै शुभकामना व्यक्त गरेका थिए । धुर्कोटले स्थापना कालदेखि हरेक वर्ष जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गर्दै आएको छ ।

विविध कार्यक्रमका साथ धुर्कोटले तीन दिनसम्म संविधान दिवस मनाएको छ । सो अवसरमा शैक्षिक तथा विभिन्न क्षेत्रमा योगदान पुराउने अन्य व्यक्तिहरुलाई पनि सम्मा गरिएको अध्यक्ष पोखरेलले बताए ।