ताजा अपडेट »

लुम्बिनी होटल संघमा पुनः ज्ञवाली

बुधबार, ०३ असोज २०८०

भैरहवा । लुम्बिनी होटल संघको अध्यक्षमा दोश्रो कार्यकालको लागि गोविन्द प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार हुने अधिवेशनको लागि बिहिबार मनोनयन दर्ताको समय रहेको थियो ।

बिहिबार ३ बजे सम्म अध्यक्ष पदको लागि ज्ञवालीको एकल उम्मेदवारी परेकोले उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको प्रमुख निर्वाचन आयुक्त प्रख्यात बन्जाडेले जानकारी दिए । यस्तै वरिष्ठ उपाध्यक्षमा लिलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरण प्रसाल कण्डेल, सचिव भुपेन्द्र गुरुङ्ग र सह कोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्विरोध निर्वाचित भएको बन्जाडेले बताए ।

सदस्यहरुमा टिका कुमारी कट्टेल र पदमा न्यौपाने पनि निर्विरोध निर्वाचन भएका छन । यस्तै अन्य ६ सदस्य पदको लागि १० जनाको उम्मेदवारी परेकोले भोली सदस्य पदको लागि मात्र मतदान हुने भएको छ । सदस्यहरुमा दिपक पंगेनी, प्रदिप भट्टराई, कृष्ण बहादुर खत्री, धिरज हलुवाई गुप्ता, धिरज भण्डारी, एकराज कण्डेल, जगत थापा, कृष्ण प्रसाद पोखरेल, रजुल श्रेष्ठ र माधव पौडेलले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत बन्जाडेले बताए ।

शुक्रबार संघको पाचौं बार्षिक साधारण सभा एवम तेश्रो अधिवेशन लुम्बिनीमा हुने भएको छ । अधिवेशनको एक दिन अगावै नेतृत्व टुंगिएको हो ।