ताजा अपडेट »

भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह, ५० रनमै अल आउट

आइतबार, ३१ भदौ २०८०
1 Shares

काठमाण्डाै । एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेकाे छ ।

काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयाे । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् ।

बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

याे श्रीलङ्काका लागि एकदिवसीय दाेस्राे कम याेगफल हाे । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगकाे खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएकाे थियाे । यस्तै एकदिवसीय क्रिकेटकाे फाइनल खेलमा याे सबैभन्दा कम याेगफल हाे ।