ताजा अपडेट »

सिटिजन लाईफ इन्स्योरेन्स देवदहद्वारा तीज विशेष कार्यक्रम

आइतबार, ३१ भदौ २०८०

बुटवल । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाको आयोजनामा तीज विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

देवदह शाखाका शाखा प्रमुख बिनिता श्रीसको अध्यक्षतमा र कम्पनीकी कर्मचारी सिता अधिकारीको संयोजकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एजेन्सी र बिमितहरुको सहभागिता पनि रहेको थियो ।

बिमा आफु र आफ्नो परिवारको लागि महत्व रहेको भन्दै बिमाको महत्व बारे जानकारी समेत गराइएको शाखा प्रमुख बिनिता श्रीसले बताए ।