ताजा अपडेट »

लायन्स क्लबद्वारा मधुमेह परीक्षण, मेहिन्दी लगाउने कार्यक्रम र महिलाहरुलाई तीजको कोसेली वितरण

आइतबार, ३१ भदौ २०८०

बुटवल । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि र लायन्स कलब अफ बुटवल सयपत्रीले बुटवलको राममन्दिर लाइन र हाटबजार लाइन मा एक दिने मधुमेह परिक्षण, चिसो पिउने पानी बितरण, हात मा मेहिन्दी लगाउने कार्यक्रम र महिलाहरुलाई तिजको कोसेली वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बिगत ५ वर्षदेखि लगातार यस क्षेत्रमा सामाजिक कार्य गर्दै आएको यश क्ल्ब ले वर्ष २०२३/२०२४ को कार्ययोजना अन्तर्गत संस्थाका अध्यक्ष एमजीफ सागर शर्मा तथा लायन्स क्लब अफ बुटवल सयपत्रीको अध्यक्ष सृजना श्रेष्ठको सम्युक्त अध्यक्षता साथै लायन्स डिस्ट्रीक ३२५ पि का डिस्ट्रीक गभर्नर पिएमजेएफ अर्जुन मान सैजुज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा डिस्ट्रीकका फस्ट भिडिजी एमजेएफ पुरोस्त्तम भक्त प्रधानङ र सेकेन्ड भिडिजी पिएमजेफ बालाराम भट्टराई बिशिस्ट आथित्यता रहेको थियो । एरिया फोरकि एरिया चिफ कल्पना सिवाकोटि एरिया सचिब डा शान्ता शर्मा रिजन बिमला गैरे क्याबिनेट मेम्बर लायन सुरेन्द्र मान भारी जोन चियरपर्स्न एनएलएफ खेम थापा, जोन राधा श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा जम्मा ३९८० जना को सुगर परिक्षण गरिएको थियो भने हजारौ मानिस हरुले बिपि चेक गर्नुका साथै चिसो पिउने पानी पियका थिय ।साथै उक्त कार्यक्रम मा उपस्थिति सबै महिला हरुलाई तिजको शुभकामना सहित तिज कोसेले बाडियको थियो जस्को प्रायोजन हाजिमा एन्ड आरिस्फा स्टोर्स का सन्चालक ला सेराज मिया ले गर्नु भयको थियो भने मधुमेह परिक्षण को लागि प्राबिधिक सहयोग लिट्स कलेजबाट भयको थियो।

कार्यक्रमको सन्चालन सयपत्री कि सचिब लायन रिना भारी ले गर्नु भयको थियो भने सयोजक स्माट सिटिका कमल भन्डारी र प्रतिभा श्रेष्ठले गरेका थिए । कार्यक्रम अति प्रभावकारी भएको महशुस गर्दै प्रमुख अतिथी लगायत उपस्थित सबै अतिथी हरु ले धन्यवाद व्यक्त गरे ।कार्यक्रममा करिब ७ घन्टासम्म सेवा प्रदान गरिएको थियो ।