ताजा अपडेट »

क्रिस गेल नेपाल आउँदै

विहीबार, १६ माघ २०७६

माघ १६,

काठमाडौं । वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन् ।

ईपीएल खेल्न गेल पोखरा राइनोजमा अनुबन्धित भएको पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् ।