बुटवल । रोयल इनफिल्ड बुटवलको लागि आधिकारीक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले रोयल इनफिल्ड हन्टर ३५० विहीबारदेखि बिक्री शुभारम्भ गरेको छ । नेपालका लागि आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रालीले हन्टर ३५० नाडा अटो शोमा सार्वजनिक गरेको हो ।
बुटवल कालिकानगरमा रोयल इनफिल्डको शोरुममा रोयल इनफिल्ड हन्टर ३५० को बिक्री सुभारम्भ गर्दै प्रालिका अध्यक्ष प्रेमराज गैरेले हन्टर अहिलेसम्मकै सबैभन्दा कम मुल्यमा ४ लाख ५९ हजार रुपैयाँमा सुरुवाती मूल्यमा हन्टर सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रूपैयाँ कायम गरेको जानकारी गराए ।
ब्याबसायिक सफलताको शुभकामना व्यक्त गर्ने शुभचिन्तक, आफन्तजन, ब्याबसायिक प्रतिष्ठानन हरुलाइ प्रालिका संचालक लक्ष्मी गैरेले धन्यवाद व्यक्त गरे ।
उक्त कार्यक्रम प्रालिका सीनियर म्यानेजर धुब सापकोटा को संचालनमा भएको थियो । हन्टर रेट्रो र मेट्रो दुइ भेरियन्टमा विभिन्न कलरमा उपलब्ध भएको र ३४९ सीसीको सिंगल सिलिण्डर फियूल इन्जेक्ट एसओएचसी एण्ड आयल कूल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्ने यो इन्जिन ५ स्पीडको गियर बक्स उपलब्ध भएको सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया