माघ १६,
चितवन । चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न लागिएको हो ।
नारायणी एडभर्टाइजिङ एन्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट सङ्घको सहआयोजनामा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा जिल्लाका पाँच टिम भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्यान्ड्स र राप्ती यापिडसको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, ट्रफी, मेडल र उपविजेताले एक लाख, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतिक्रिया