ताजा अपडेट »

नेप्से सूचक ३९.४८ अंकले बढ्याे

बुधबार, २७ भदौ २०८०
1 Shares

काठमाडौ । एक दिनको करेक्सनपछि नेप्सेले पुनः लय समातेको छ । सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको छ । यस दिन नेप्से सूचक ३९.४८ विन्दुले बढेर २००७.०६ अंकमा आएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

 मौद्रिक नीतिपछि निरन्तर घटेको बजार आइबारदेखि सकारात्मक लयमा फर्किन थालेको थियो । तर, २ दिनको वृद्धिपछि मंगलबार फेरि घटेको थियो । बुधबार पुनः बजारले सुधारकै संकेत देखाएको छ । बुधबार बजार बढेपछि लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । 

मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजारको आरालो यात्रामा ब्रेक लाग्ने अपेक्षामा लगानीकर्ता बसेका छन् । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो । यसबीचमा पनि नीतिगत सुधार भने हुन सकेको छैन । 

यस दिन २७५ कम्पनीको ५१ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र एभरेष्ट बैंक परेका छन् । 

facebook sharing button
twitter sharing button
sharethis sharing button
email sharing button
messenger sharing button
whatsapp sharing button

viber sharing button
छोराहरू आएपछि नेम्वाङको पार्थिव शरिर घर लगियो, भोलि आर्यघाटमा दाहसंस्कार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो ।

दुवैजना छोराहरु अस्ट्रेलिया र बेलायतबाट आइसकेपछि बिहीबार अन्तिम संस्कार गर्न लागिएको हो। दुवै छोराले बुवाको पार्थिव शरीरमा च्यासलमै अन्तिम श्रद्धाञ्जली दिएका छन्। 

पार्थिव शरीरलाई घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।