ताजा अपडेट »

बुटवलमा वाईसिएलको ६५ सदस्यीय नगर कमिटी

बुधबार, २७ भदौ २०८०
1 Shares

बुटवल । नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसिएल बुटवल नगर कमिटिको पुनर्गठन भएको छ । मंगलबार पार्टी कार्यालय बुटवलमा बसेको भेलाले ६५ सदस्यीय नयाँ कमिटि गठन गरेको हो । सृजन थापाको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको हो ।

जसको उपाध्यक्षमा रवि खड्का, आशिष न्यौपाने, रेखा चौधरी, सचिबमा तेज बहादुर रजाईली, सहसचिबमा गौरब भण्डारी, कोषाध्यक्षमा बिराज राना चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष थापाले युवाहरुलाई स्वरोजगार र रोजगारीसँग जोडेर आर्थिक रुपमा सवल बनाउँदै संगठनलाई अगाडी बढाउने बताए । वाईसिएल रुपन्देही जिल्ला सचिब प्रकाश थापाको अध्यक्षतामा बसेको भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।

बुटवलमा १ वर्षदेखि क्रियाशिल नरहेको वाईसिएलले पुनः जागरण कार्यक्रम अन्तरगत पुनःजागृत गरेको हो । नेकपा माओबादी केन्द्रका स्थायी कमिटिका सदस्य गणेशमान पुनले आम युवाहरुमा जागरण ल्याउनको लागि वाईसिएलले काम गर्नुपर्नेमा जोड दिए । उनले वाईसिएलले युवाहरुको मन जित्दै पार्टी संगठनलाई बलियो बनाउनको लागि लाग्नको लागि निर्देशन दिए । नेकपा माओबादी केन्द्रका बुटवल नगर कमिटिका अध्यक्ष महेन्द्र भुसालले वाईसिएल अहिलेसम्म आराम गरिरहेको अवस्था रहेको र अबका दिनमा सक्रियतापुर्वक आम युवासम्म पुग्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा पार्टीका जिल्ला संयोजक निर्मल जिसी, वाईसिएल रुपन्देहीका पूर्व अध्यक्ष सुजित विक ,वाईसिएल केन्द्रीय सचिब माधव बस्नेत, पुर्व लुम्बिनी प्रदेश सांसद दिपा विक, प्रदेश सदस्य पुष्पराज ढकाल लगायतले बोलेका थिए ।