ताजा अपडेट »

रोटरी क्लब अफ भैरहवाद्वारा आत्महत्या रोकथाममा युवाको भूमिका विषयमा प्रशिक्षण

मंगलबार, २६ भदौ २०८०

बुटवल । रोटरी क्लब अफ भैरहवाले अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका युवाहरुलाई आत्महत्या रोकथाममा युवाको भूमिका विषयमा प्रशिक्षण दिएको छ । ‘आशा जगाउ जीवन बचाउ’ भन्ने मूल नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।

रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अध्यक्ष उमेशचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अबलोकन नेपालका परामर्शदाता रन्जु शर्माले आत्महत्या रोकथामका लागि अपनाउने उपाएका विषयमा प्रशिक्षण दिएकी थिइन् । साथैं हरी प्रसाद आचार्यले जीवनका उज्याला पक्षहरु लाई बिशेष ध्यान दिनु पर्ने कुरामा जोड दिए । कार्यक्रम पूर्व अधक्ष्य चक्रमणि आचार्यको स्वागत तथा सचिब हरी प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि रुपन्देही नागरिक समाज , सिद्धार्थनगर कमिटीका अध्यक्ष राजा प्रताप शाहीले हरेक स्कूल र कलेजले एकजना परामर्शदाता अनिबार्य नियुक्त गर्नुपर्ने र सबै मिलेर पहल गर्न जोड दिए ।

कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका स्ववियू सभापति सागर न्यौपानेले म एकजनाले छ हजार विद्यार्थीको प्रतिनिधत्व गर्दा यहाँ भएका हरेकले यो रोकथामको उपाय लाई हरेक वर्गमा पुर्याउन पर्ने आवश्यकता भएको जानकरी दिए । साथै क्लबका अध्यक्ष उमेशचन्द्र आचार्यले नेपालमा वार्षिक सात हजार जना र हरेक एक घन्टामा एक जनाले आत्महत्या गर्ने तथ्यांक प्रस्तुत गर्नु भयो गरे साथै यस्ता प्रशिक्षण हरेक स्कूल र कलेजमा संचालन गर्न रोटरी क्लब अफ भैरहवा सधै तत्पर रहेको बताए ।