बुटवल । रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी असोज २९ गते हुने भएको छ । २०३५ सालमा स्थापित रुपन्देही उद्योग संघ जिल्लामा ठूलादेखि घरेलु सम्मका १०५३ उद्योगीहरु सदस्यका रुपमा रहेका छन् ।
संघको कार्यसमिति बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको र आवश्यक तयारीका लागि विभिन्न उपसमिति तथा निर्वाचन समिति केही दिनमै गठन गर्ने निर्णय गरेको र संघका महासचिव हरि बहादुर खत्रीले बताए । संघको विधान बमोजिम अधिवेशन हुनु भन्दा २१ दिन अघिसम्म नविकरण भएका सदस्य उद्योगीहरुले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था रहेको छ । सोही बमोजिम नविकरणको समयावधी असोज ८ गतेसम्म कायम रहेको खत्रीले बताए । संघको कार्यसमितिमा आजिवन, साधारण, एशोसिएट, महिला, संस्थागत र तहगत सहभागिता रहने व्यवस्था रहेको छ ।
प्रतिक्रिया