गुल्मी । सोमबार विश्व आत्माहत्या न्यूनीकरण दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ बिशेष अभियानका रुपमा प्रदेशभर संचालित आत्माहत्या न्यूनीकरण अभियानको कार्ययोजना गुल्मी प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला समन्वयको सभाहलमा प्रस्तावका रुपमा सरोकारवालाहरु समक्ष जिल्ला प्रहरी प्रमुख एसपी नवलकिशोर प्रधानले पेश गरेको उक्त कार्ययोजना सरोकारवालाको थप सुझाव सहित समेटेर कार्यन्वयनका लागि हलले पास गरेको घोषणा जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीले गरेका थिए । मनोसामाजिक परामर्शदाताको विज्ञता समेत हासिल गरेका एसपी प्रधानले आत्माहत्या घटनाको अनुसन्धानबाट देखिएका कारण, न्युनिकरण गर्न सकिने उपाय र सचेतना लागि निकै मेहनत गरेर कार्ययोजना तयार पारेका छ्न् ।
त्यस्तै जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तम्घासका निमित्त प्रमुख माधव र गुल्मी अस्पतालका नर्सिङ्ग अधिकृत तथा मनोसामाजिक परामर्शदाता संगिता रेग्मीले पनि आत्माहत्या न्युनिकरण गर्न सकिने बिषयमा त्यति नै मेहेनत गरेर सुझाव पत्र पेश गरेकी छ्न । जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसि , नागारिक समाजका अगुवा सहितको बृहत् छलफल अन्तरक्रिया आयोजित त्यस कार्यक्रम निकै महत्वपूर्ण थियो ।
यस्ता छन् लक्ष्य
–पछिल्लो चरण जिल्लामा बढ्दो क्रममा रहेको आत्माहत्यालाई नियन्त्रण गर्नु
–आत्माहत्या प्रयास गरेर बाचेकाहरुलाई पुनः पुरानै जिवनशैलीमा फर्काउनु
–आत्माहत्याबारे समाजमा कुरै गर्न नचाहने वा त्यसलाई लुकाउने गलत धारणालाई चिर्दै सकारात्मक सन्देश दिएर आत्माहत्या प्रती निरुत्साहित गर्नु
–विभिन्न क्षेत्रबाट अदफल तथा आजित भई आत्माहत्या गर्न सक्ने समूह पहिचान गरि मनोवैज्ञानिक तवरले सबल बनाई जिवनयापन सबल बनाइने
–आत्माहत्या नियन्त्रण गर्न संलाग्न निकायको भुमिका प्रबल बनाउने
आत्माहत्या वृद्धिका कारण्शरु
–घरेलु हिंसा तथा पारिवारिक कलह
– बेरोजगारी तथा आर्थिक समस्या
–डिप्रेशन , दिर्घरोगका साथै मानसिक रोगबाट पिडित हुनु
– सामाजिक प्रतिष्ठामा आछ आउने डर
– बलात्कार पीडा खप्न नसक्नु
–किशोर र युवा उमेरमा प्रेममा बिछोड तथा असफलता
–गलत आक्षेप , आरोपका कारणले सामाजिक जिवनबाट बहिष्कार हुने डर
–डरचिन्ता , जीवन देखि निराशा , गम्भीर दुर्घटना वा गम्भीर बिरामी
–बैदेशिक रोजगारका कारण पारिवारिक सम्बन्धमा आउने उतारचढाव
– सामाजिक संजाल र संचार उपकरणहरुको दुरुपयोगका कारण परिवार संग हुन्र मनमुटाव
–शैक्षिक , ब्यापारिक लगायतका क्षेत्रमा हुने असफलता आदि
आत्माहत्या न्यूनीकरण गर्ने उपाय
–आत्माहत्या निवारणका लागि रणनीति तर्जुमा गर्ने
–आत्माहत्या दुरुत्साहन गर्ने कार्यलाई अपराधिकरण गर्नु पर्ने
–तनावग्रस्त व्यक्तिहरुको पहिचान गरि मनोसामाजिक तथा स्वास्थ्य जिवनशैलि सम्बन्धि परामर्श दिने
–मानसिक असन्तुलन भएका व्यक्तिलाई निशुल्क स्वास्थ्योपचारको वयवस्था गर्ने
–आत्माहत्या गर्न प्रयोग हुने साधनको पहुँच घटाउने, चिकित्सकको सिफारिस बिना जथाभावी औषधि , बिषादी बेच्ने कार्यलाई नियन्त्रण र नियमगन गर्ने
–नैतिक शिक्षा , सकारात्मक सोच , आर्ट अफ लिभिङ्ग , अध्यात्मिक शान्ति जस्ता बिषयहरु विध्यालयको पाठ्यक्रम समावेश गर्ने र समुदायमा यस्ता कार्यक्रमहर संचालन गर्ने ९ दुर्भाग्य सरकारले नैतिक शिक्षा पाठ्यक्रम बाटै हटाएको छ ०
–गरिबी न्यूनीकरण र रोजगारी प्रबर्द्धनका लागि बिशेष एवम लक्षित कार्यक्रम र योजना संचालन गर्ने , जनचेतना अभिबृद्धी गर्ने
– पारिबारिक विवाद हल गर्न सामुदायिक मध्यस्थता र मेलमिलाप पद्धतिको विकास गर्ने
–स्थानिय नागरिक समाज र गैह्रसरकारी संस्थालाई मानसिक स्वास्थ्री उपचार र तनाव व्यबस्थापनमा पतिचालन गर्ने
–जोखिमयुक्त वर्गको पहिचान , नियमित निगरानी र सामान्यिकरण गर्न कार्यक्रम संचालन गर्ने संयन्त्र वा कार्यदल निर्माण गर्ने
–आत्माहत्याका घटनाको अनुसन्धान तहकिकात गर्दा कारण पत्ता लगाउने परिपाटिको विकास गर्ने
प्रतिक्रिया