माघ १६,
काठमाडौं । सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक दस्तावेज पेस गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले घुमाउरो भाषामा यस्तो प्रस्ताव गरेका हुन् ।
राजनीतिक दस्तावेजमा एमसीसीबारे केही उल्लेख नगरिए पनि राष्ट्रिय हितलाई सर्वोपरि राखी ुअमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न तत्पर रहनेु उल्लेख छ। प्रधानमन्त्री ओली एमसीसी संसद् बाट अविलम्ब पारित गर्नुपर्ने पक्षमा छन् ।
पार्टीका केही नेताहरूले एमसीसी इन्डो–प्यासिफिक रणनीतिकै अंग भए नभएको प्रश्न उठाइरहेका बेला अध्यक्षद्वयले एमसीसी र इन्डो प्यासिफिक अलग रहेको देखाउन दस्तावेजमै प्रयास गरेका छन् । –अन्नपूर्ण पोस्ट
प्रतिक्रिया