बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीले रुपन्देहीका मानसिक रोग सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपकेयर फाउन्डेसन सङ्गको सहकार्यमा आइतबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवल मावि, नमस्ते एकेडेमी र फ्रिडम फाउन्डेसनले मानसिक रोग सम्बन्धि जनचेतना कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा ३०० जना भन्दा धेरैको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष मनोज पन्तको अध्यक्षता, प्रथम भीडीजी एमजेएफ सिंह पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आथित्यता, जिल्ला ३२५ पी एलसीआईएफ समन्वयक एमजेएफ सन्दीप दीप कौशोधनको विशिष्ठ आथित्यता भएको सम्पनन भएको थियो । कार्यक्रममा जिल्ला प्रमुख एमजेएफ लायन मुक्तिप्रसाद श्रेष्ठ, इलाका प्रमुख एमजेएफ कल्पना सिवाकोटी, क्षेत्रीय अध्यक्ष दीपक श्रेष्ठ, जोन चेयरपर्सन लायन विष्णुप्रसाद उपाध्याय , पुरब सोमरे, ओशिन श्रेष्ठ, सन्तोष नेपाल लगायतको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा आत्महत्या गर्नेमा किशोर किशोरीहरुको संख्या बढ्दै गएकाले सचेत गराउनका लागि कार्यक्रम गरिएको क्लबका अध्यक्ष मनोज पन्थले बताए । प्रथम भीडीजी एमजेएफ सिंह पुरुषोत्तम भक्त प्रधानाङ्गले परिवारका सदस्यहरुको निगरानी गरी उनीहरुका समस्याको समाधान समयमा नै गर्नु पर्ने बताए ।
प्रतिक्रिया