ताजा अपडेट »

विपिको जन्मजयन्तिमा कांग्रेस गुल्मीद्वारा दिपावली

सोमबार, २५ भदौ २०८०

गुल्मी । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको ११० औँ जन्मजयन्तीको अवसरमा गुल्मी जिल्लाको नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीले दिपावली गरेको छ ।

तम्घासको सहिद शम्शेर बहादुर खत्रीको शालिकको कोखमा स्वर्गीय नेता कोईरालाको तस्विरमा माल्याणपर्ण गर्दै दिपावली गरिएको हो । दिपावली सभामा सहभागीहरुलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश कार्य समिति उपसभापति भुवनप्रसाद श्रेष्ठले नेता कोईराला नेपाली राजनीतिका कोईरालालाई महामानवको संज्ञा दिए ।

‘महामानव कोईराला १०४ वर्षे राणा शासन फाल्ने देखि २००७ साल देखि अहिलेसम्म राजनैतिक परिवर्तनका जग र एक हिस्सा हो ।’– उनले भने । उनले हालसम्म नेपाली जनताले प्राप्त गरेका हरेक अधिकार पनि बिपिकै योगदानको परिणाम भएको दावि गरे । कार्यक्रमा जिल्ला पार्टिका कोषाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, पुर्व उपसभापति बिष्णु बलाल लगायतका नेता कार्यकर्ता सहभागी थिए ।