ताजा अपडेट »

सहिद स्मृती पार्क विकास समिति गैडहवाको १३ औं बार्षिक साधारणभेला

आइतबार, २४ भदौ २०८०

बुटवल । गैडहवा सहिद स्मृती पार्क विकास समिति को १३ औं वार्षिक साधारणभेला शनिवार गैडहवा ४ मा रहेको पार्क परिसरमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै पार्क संरक्षक तथा परिकल्पनाकार वसन्त सीले सहिद सबैका साझा सम्पत्ती भएको बताउँदै सहिदहरुको सम्मानमा निर्मित पार्क ईतिहासको प्रतिबिम्बन हो तेसैले यसको रक्षा र बिकासमा लाग्नु सबैको दायीत्व रहेको उल्लेख गरे ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो समेत रहेका उनले राणा शासन देखि आज सम्मका हरेक मुक्ती आन्दोलनमा देशभक्तहरुले बलिदान गर्नुपरेको स्मरण गर्दै उनिहरुको बलिदानीलाई भुल्न नहुने बताए ।भेलाको प्रमुख अतिथि रहेका नेता वसन्त सीले पार्कको संरक्षण र बिकासकालागी स्थानिय सरकार तथा जनसमुदाय समेत लाग्नुपर्नेमा जोड दिए।

यस्तै उक्त कार्यक्रम बिशिष्ट अतिथी वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मीले पार्कको संरक्षणमा सहकार्य गर्दै सक्दो सहयोग गर्ने बताए । सुर्य अधिकारी को संचालन हिरा बहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य द्वय हस्त बहादुर सावर र चन्द्र बहादुर घर्ति, वडा नं ४ वडा सदस्य मोहरत पासी, मायादेबी आमा समुह अध्यक्ष धन कुमारी उचै, पुर्व सामुदायिक बन का यम प्रसाद अधिकारी, मन्ठहवा सामुदायिक बनका उपाध्यक्ष राम हर्क बरई, बिक्रम यादव लगायतले बोलेका थिए।

भेलाले हिरा बहादुर रोका क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय पार्क बिकास समिति गठन गरेको छ । जसको उपाध्यक्षहरुमा चन्द्र बहादुर घर्ति, रामबृक्ष जैसवाल, सूर्य प्र। अधिकारी, बाबुराम मल्ल, सचिवमा दान बहादुर घर्ति, सहसचिवमा कृष्ण नारायण कुर्मी, कोषाध्यक्षमा मिना सारु र सदस्यहरुमा पूर्णिमा जि।सी, बैजु हरिजन, जय जय राम लोध, रेश्मी मल्ल, प्रेमशिला गुप्ता रहेका छन।