फागुन १,
कैलाली । धनगढी नजिकैको जंगलमा गोली चलेको छ । कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए ।
हतकडी लगाएकै अवस्थामा फरार भएका उनलाई आज बिहान नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड गोली चलाएको हो । प्रहरीको गोली लागेर दमाइ सामान्य घाइते भएको बताइएको छ ।
प्रतिक्रिया