बुटवल । रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनद्वारा सञ्चालित न्यू भिजन मावि बुटवल –१२ तामनगरमा कक्षा १२ ले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई भव्यताकासाथ स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल १३ बेलबास अवस्थित नमस्ते पार्टी प्यालेसमा कक्षा १२ का विज्ञान समूहका अमृत परियार र सृजना ज्ञवालीको सञ्चालनमा भएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य केशव श्रीसको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाका माध्यमिक शिक्षा शाखा प्रमुख टीकाराम पन्थीको प्रमुख अतिथि, रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनका अध्यक्ष सूर्यवहादुर भट्टराई तथा संस्थाका प्रबन्ध निर्देशक मनोजकुमार वस्नेतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा २०७९ र २०८० वैशाख र जेठ महिनामा राष्ट्रिय परीक्षाद्वारा लिइएको वार्षिक परीक्षामा उत्कृष्ट नतीजा ल्याउन सफल ८ जना विद्यार्थीहरू लगायत आफ्नो विषयमा शतप्रतिशत नतीजा ल्याउन सफल भएका ९ जना शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि बुटवल प्याब्सनका अध्यक्ष कुलानन्द पाण्डे, अभिभावक संघ जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, वार्ड नं १२ का वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, इभोलुशन क्लब अफ बुटवल तामनगरका अध्यक्ष हिरा तरामुले आआफ्ना स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई विद्यार्थीहरूको विभिन्न संस्कृति र परम्परालाई उजागर गर्ने साङ्गीतिक माहौलले थप रोचकता दिएको थियो । साथै उपस्थित सम्पूर्णलाई कार्यक्रमका अध्यक्षबाट हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्दै कार्यक्रम भव्यताकासाथ सम्पन्न गरियो ।
प्रतिक्रिया