बुटवल । एनएमबि बैंक लिमिटेड मुर्गिया शाखाको प्रायोजनमा रुपन्देहीको शुद्धोदन गाउपालिकामा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ। शुद्धोदन गाउपालिका वडा न १, सैनामैना पोलिक्लिनिक प्रा।लि, खिमादेबी डेन्टल प्रालि र श्री कृष्ण नेत्रालयको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीको प्रमुख आथिथ्वमा सम्पन्न स्वास्थ शिविर शुद्धोदन गाउपालिका स्थित शिशै माविमा आयोजना गरिएको थियो। कार्यक्रम बोल्दै प्रमुख अतिथि एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत शुद्धोदन गाउपालिकाको ग्रामिण भेगमा बस्ने दाजुभाइ, दिदीबहिनीहरुको निशुल्क स्वास्थ परीक्षण गर्न आर्थिक सहयोग गरेको बताए। उनले स्वास्थ शिविर आयोजनार्थ प्रायोजनको अवसर पाएकोमा खुसि व्यक्त गर्दै स्वास्थ नै धन हो भन्ने उक्तिअनुसार सबैले आफ्नो स्वास्थलाइ पहिलो प्राथमिकतामा राखि नियमित स्वास्थ परिक्षण गर्नुपर्नेमा जोड दिए।
उहाले एनएमबि बैंकमा उत्कृष्ट सेवाका साथ ग्राहकमैत्री बैकिङ्ग रहेकोले आफ्नो सम्पुर्ण आर्थिक कारोबार एनएमबि बैंक मार्फत गर्न आग्रह गरे ।स्वास्थ शिविरमा करिव ५ सय जना सहभागी भैइ आफ्नो स्वास्थ परिक्षण गराएको एनएमबि बैंक मुर्गिया शाखा प्रबन्धक कमल ढकालले जानकारी दिए । एनएमबी बैकले सामाजिक उत्तरदायित्व अन्तरगतका समुदाय केन्द्रित अन्य कार्यक्रमलाइ आगामी दिनमा पनि निरन्तरता दिने एनएमबि बैंक मुर्गिया शाखाका असिस्टेन्ट रिलेसनसिप म्यानेजर बिमल घर्तीले जानकारी दिए ।
कार्यक्रम सैनामैना पोलिक्लिनिक प्रालिका संचालक कृष्ण बहादुर कुवरको अध्यक्षता र शिसै माविका प्राचार्य गुणानिधि अधोकारीको संचालनमा सम्पन्न भएको थियो।
प्रतिक्रिया