ताजा अपडेट »

रेडियो मुक्तिको तीज गीत प्रतियोगिता : इङ्गुरीया दिदिबहिनी समूह बन्यो विजेता

शनिबार, २३ भदौ २०८०

बुटवल । बुटवलको रेडियो मुक्तिले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा सैनामैनाको इङ्गुरिया दिदिबहिनी आयआर्जन महिला समुह प्रथम भएको छ । 'खानेपानी, सरसफाई र स्वच्छता, समावेशी सहभागिता सहितको लैङ्गिक समानता' विषयक तीजलगीत प्रतियोगितामा रुपन्देही र पाल्पाका ७ वटा महिला समुहको सहभागि रहेको थियो ।

प्रथम भएको महिला समुहले नगद २५ हजार प्राप्त गर्न सफल भयो । त्यस्तै ज्योति जागृती  आमा समुह तिनपाले द्वितीय स्थान हासिल गर्दै २० हजार रुपैयाँ नगद राशीसहित प्रमाणपत्र प्राप्त गर्यो भने , तृतीय हुन सफल प्रगतिशिल आमा समुह बुटवल, बमघाटले १५ हजार रुपैया नगद राशी र प्रमाणपत्र हात पारेको छ ।

प्रोत्साहन पुरस्कार सयपत्री आमा समुह तिनाउ गाउपालिका पाल्पाले प्राप्त गरेको छ । सयपत्रीले रु १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । सबै बिजेता समुहलाई र उपबिजेता समुहलाई रेडियो मुक्तिका अध्यक्ष दिपु पोखरेल र बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।

प्रतियोगितामा गायक तथा सर्जक नारायण खनाल लेकाली, गायिका कल्पना कुसुम र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट आनिक राना निर्णायक रहेका थिए ।

कार्यक्रममा कलाकारहरु नारायण लेकाली, कल्पना कुसुम, प्रचण्ड जिसी, दुर्गा नेपाल र पत्रकार निरु गौतमले तीजका भाका गाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यस अघि कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेबी अर्यालले उद्घाटन गरेकी थिईन । उक्त कार्यक्रम रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेले सञ्चालन गरेका थिए ।