बुटवल । बल्काेट अर्घाखाँची - रुपन्देही सम्पर्क समाजकाे आयाेजनामा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
समाजकाे स्थापना देखि विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएकाेमा आगामी दिनमा यस्ता कार्यक्रमहरु जन्मभूमि बल्काेटमा नै पुगेर गर्नकाे लागि कार्यक्रमका विशिष्ट अतिथि छत्रदेव गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष तेज प्रसाद खनालले अनुराेध गरेका थिए । गाउँमा बादर र बँदेल आतंक तिव्र गतिमा फैलिएको र यसलाई समाधान गर्नका लागि शहर केन्द्रित भएको बाैद्दिक जनशक्तिकाे सहयाेगकाे अपेक्षा सिङ्गो पालिकाले गरेकोले समाधानका उपाय खाेजि गरेर मातृभूमि फर्किन उनकाे अपिल थियाे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्र बैंक सिद्धार्थनगरका उप निर्देशक जीवन प्रकाश पाण्डेले यश प्रकारका कार्यक्रम सधैंभरि गरिरहन र सस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा लाग्नुपर्नेमा जाेड दिएका थिए । समाजका निवर्तमान अध्यक्ष दिपक पन्थीले आफ्नो शुभकामना मनतव्य दिदै तिजकाे पर्वकाे माैलिकतामा आधुनिकता भित्रिएकाे र यसले नेपाली समाजमा चरम पुँजीवादी व्यवहारकाे विकास गरेकोले यस्ता कार्यक्रम मार्फत गलत तत्वलाई निस्तेज पार्नु पर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा सस्थाका वरिष्ठ उपाध्यक्ष विस्नु प्रसाद पाैडेलले स्वागत मनतव्यबाट स्वागत गर्नु भएको थियाे । कार्यक्रममा आजीवन सदस्यहरु, विभिन्न विषयगत उपसमितिहरु, निवर्तमान कार्य समितिलाई सम्मान पत्रबाट सम्मान गरिएको थियाे । कार्यक्रममा राष्ट्रिय कलाकार दिपु मगर र कल्पना कुसुमले सास्कृतिक प्रस्तुति मार्फत उपस्थित सम्पूर्ण दिदिबहिनीहरुलाई छमछमी नचाउनु भएको थियाे ।
कार्यक्रममा प्रथम उपाध्यक्ष रुपलाल पन्थी ,महिला उपसमिति संयाेजक मञ्जु भुसाल पन्थी , सल्लाहकार नवराज श्रेष्ठ , काेषाध्यक्ष हरि न्याैपाने लगायतले तिज पर्वकाे शुभकामना मनतव्य दिएका थिए । समाजले जन्मभुमि प्रतिकाे आफ्नो उत्तरदायित्व कहिल्यै नभुल्ने र आगामी दिनमा बल्काेटमा विशेषज्ञ सहितकाे स्वास्थ्य शिविर सञ्चालन गर्ने र त्यहाँको कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि सधैं प्रयत्नशील रहेकाे कुरा अध्यक्ष माेहन भट्टराईले बताए ।
कार्यक्रम समाजका अध्यक्ष माेहन भट्टराईकाे अध्यक्षतामा सचिव समाजसेवी धुर्व सापकाेटाकाे सञ्चालन सम्पन्न भएको कुरा कार्यक्रम संयाेजक सस्थाका काेषाध्यक्ष हरि न्याैपानेले बताए ।
प्रतिक्रिया