ताजा अपडेट »

बुटवलको राधाकृष्ण क्लबद्वारा रक्तदान, ५१ यूनिट संकलन

शनिबार, २३ भदौ २०८०

बुटवल । राधाकृष्ण युवा क्लब बुटवलको आयोजनामा शनिबार १३ औं रक्तदान कार्यक्रम भएको छ । बुटवल उपमहानगरपालिका–५ र ६ का युवाहरु सदस्य रहेको क्लबले विभिन्न समयमा सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

यसैबीच रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर परियारले जानकारी दिए । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले रक्तदान कार्यक्रम गरि सामाजिक कार्यमा अगाडि रहेको भन्दै यसमा युवाहरुको योगदान महत्वपूर्ण रहेको बताए । युवाहरु परिवर्तनको बाहकका रुपमा परिचय दिएर युवासंग नया नया ज्ञान र सिकाई लिनुपर्ने न्यौपाने बताए । उनले मानविय कामका लागि सबैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राखे ।

क्लबका अध्यक्ष यम बरालले क्लबले वार्षिक कार्यतालिका नै बनाएर रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिए । क्लबले रक्तदान कार्यक्रमसंगै वडा तथा टोल सरसफाइ, दशैं तिहारमा विशेष सास्कृतिक कार्यक्रम र होली पर्वमा होली मिलन कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य श्याम बहादुर थापा, वडा सदस्य चिनकाजी श्रेष्ठको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य सुमित खनालले गरेका थिए ।