बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती)को अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेकोछ।
बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल जेसीज ५०औं बर्ष गरेको पुनित बुटवल क्षेत्रका विभिन्न पर्यटकीय स्थानको प्रबर्द्धन गर्न सोसग सम्बन्धि चित्रकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। बुटवलको पर्यटन प्रर्वद्धन विषयक चित्रकला प्रतियोगिताको ३१ विद्यालयका प्रतियोगिबाट १० उत्कृष्ट प्रतियोगी छनौट गरिएको थियो ।
जसअनुसार १०औ स्थानमा खुशी कानु, सम्मिट ईङ्गलिश बोर्डिङ्ग हाई स्कूलबाट, ९ औ स्थानमा श्री रिजन थापा, एभरेष्ट ईङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूलबाट, ८ औं स्थानमा अर्पिता बानिया, सिद्धार्थ ईङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूलबाट, ७ औं स्थानमा समिन पिया, दीप बोर्डिङ्ग हाई स्कूलबाट, ६ औं स्थानमा पूर्ण बहादुर थापा, नयाँगांउ माध्यमिक विद्यालयबाट, ५औं स्थानमा अनुष्का आचार्य, कान्ति सेकेण्डरी स्कूलबाट, सान्त्वना स्थानमा सागर नेपाली, श्री नविन औद्योगिक कद्धरबहादुर रिता सेकेण्डरी स्कूलबाट छनौट भएका थिए।
त्यसैगरी तेस्रो स्थानमा अन्तिम राना, गार्गी एकेडमीबाट , दोस्रो स्थानमा पे्रस्टी पन, दीप बोर्डिङ्ग हाई स्कूलबाट, प्रथम स्थानमाअनिकेत गहतराज, सिद्धार्थ ईङ्गलिश बोर्डिङ्ग स्कूलबाट छनौट भएका थिए। निर्णायकमा बुटवलका प्रतिष्ठित चित्रकार बेन बहादुर थापा र एचवि रम्तेल रहेका थिए। यसअघि चित्रकला सम्बन्धि अभिमुखिकरण गरिएको थियोे ।
कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरको अध्यक्षता, कार्यक्रम संयोजक दिनेश खड्काको स्वागत , कार्यकारिणी उपाध्यक्ष एवं साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवालीको आस्था पाठ र महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया