ताजा अपडेट »

तिलोत्तमाको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउँदै, स्वास्थ्य शिविरसहित वृद्धवृद्धालाई स्वागत गरिने

शुक्रबार, २२ भदौ २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिवारदेखि सञ्चालन हुने भएको छ । शनिवार हुने जेष्ठनागरिक मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन हुंदै छ । उक्त साधारण सभा तथा अधिवेशनको शुभअवसरमा जेष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ गरिने भएको हो ।

साधारण सभा तथा अधिवेशनको अवसरमा २५ जना जेष्ठ नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याईने केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले जानकारी दिए । हाल ५० जना जेष्ठ नागरिकलाई संरक्षण गर्न सकिने र भविष्यमा १ सय जना जेष्ठ नागरिकलाई संरक्षण दिने उद्देश्य रहेको बताए । गुल्मेली सम्र्पक समाजले स्थापना गरेको श्रृङेश्वर धाम परिसरमा जेष्ठ नागरिकलाई बृद्ध मन्टेश्वरीका रुपमा संरक्षण गर्नका लागि भवन निर्माण गरिएको छ । ७० वर्ष उमेर पुगेका तिलोत्तमा र बुटवल नगरपालिका भित्रका जेष्ठ नागरिकलाई मात्र प्राथमिकतामा राखेर काम गरिने बताए । जेष्ठ नागरिकलाई राख्नका लागि भवननिर्माण गरिए पनि अहिलेसम्म २० जना जेष्ठ नागरिकले आफ्नो नामदर्ता गरी सम्पर्कमा आएको अध्यक्ष पाण्डेले बताए ।

जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि ५ करोडको अक्ष्यकोष बनाउने लक्ष्य भएपनि अहिलेसम्म अक्ष्यकोषमा जम्मा १२ लाख ५० हजार संकलन भएको छ । जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि मासिक ४ लाख खर्च लाग्ने अनुमानगरिएको छ । सोही अवसरमा मिलन केन्द्रले जेष्ठ नागरिकलाई लक्षीत गरी निःशुल्क बृहत्त स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा जेष्ठनागरिक मिलन केन्द्र र रोटरी क्लवअफ बुटवलको आयोजनामा शनिवार विहान हुने स्वास्थ्य शिविरमा छाला, प्रस्तुती तथा स्त्रीरोग, एसजी, औषधी विज्ञान लगायतका विशेषज्ञबाट सेवा प्रदान गरिने डाक्टर हिरालाल धामीले बताए । सोही समारोहमा जेष्ठ नागरिक मिलन केन्द्रका सोचकर्ता स्वर्गीय खेम पुनको सम्झनामा धाम परिसरमा निमार्ण गरिएको शालिकको पनि अनावरण गर्ने कार्यक्रम तय भएको छ ।

समारोहमाप्रतिनिधी सभाकीउपसभामुख ईन्दीरा राना मगरको प्रमुखआतिथ्यता रहने भएको छ । जेष्ठ नागरिक मिलन केन्द्रमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ तिरेर १ सय १ जना आजिवन सदस्य र २३ जना संस्थापक सदस्य बनिसकेका छन् ।