बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बुटवलले आफ्ना सदस्यहरुका लागि एक दिवसीय आधारभूत सहकारी सम्बन्धि तालिम शुक्रबार,बुटवलमा सम्पन्न गरेको छ ।
तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहकारीको सिद्धान्त,नियम,कार्यविधि,सहकारीले गर्दै आएका गतिविधिहरु
र सहकारीको ऐना प्रस्तुत गरेका थिए । सहभागिहरुकातर्फबाट कुमारी थापा र अरुण दर्लामीले आधारभूत सहकारी तालिमबाट विस्तृत जानकारी प्राप्त भएको बताए । तालिमले आफूहरुलाई ऐना देखाएको जानकारी गराए ।
तालिमको क्रममा संस्थाका अध्यक्ष टोपबहादुर थापाले सहभागीहरुले राखेका अपेक्षा र आशाका बारेमा उत्प्रेरित जवाफ दिएका थिए । बजारमा देखिएका केही सहकारीका कारण नकारात्मक हल्ला चलेको हुँदा आफ्नो सहकारीमाथि शंका गर्ने कुनै आधार नभएको बताउँदै आफ्नो सहकारी नै रोज्न र स्थायी सदस्य बन्नका लागि अनुरोध समेत गरे ।
तालिममा सल्लाहकार हरिदेव थापा,शिक्षा उपसमितिका संयोजक ठमी थापा र कार्यालय प्रमुख कुसुम पुन लगायतले तालिम अत्यन्तै प्रभावकारी रहेको बताए ।
प्रतिक्रिया