ताजा अपडेट »

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छः मन्त्री राई

शुक्रबार, २२ भदौ २०८०
1 Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को विवादका कारण रोकिएका परिक्षाहरु सञ्चालनका गर्नका लागि छलफल भइरहेको बताएका हुन् ।

उनले परीक्षा गर्ने वातावरण बनाउनका लागि मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सीटीईभीटीका बिचमा छलफल भइरहेको स्पष्ट पारे। उनले आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्‍याउने उनको भनाइ छ ।

सीटीईभीटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरूको सम्बन्धमा निर्णय गरेर आयोग समक्ष पठाइने पनि उनले बताए। उनले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘सिटीइभिटीले परीक्षा लिने सन्दर्भको प्रसंग यसलाई अब समाधान गर्न सकिन्छ होला। एउटा मुद्दामा हामी सबैलाई उल्झिनुपरेको थियो। अदालतले हिजोबाट फैसला गरिदिएको छ। अब परिषद्को बैठक बस्न सकिन्छ होला ।’

उनले संघीय शिक्षा ऐनमार्फत प्राविधिक शिक्षामा प्रदेश सरकारलाई जिम्मेवार बनाइने बताए। उनले संघीय सरकारले भने शिक्षाको गुणस्तरलाई हेर्ने, पाठ्यक्रमहरु बनाउने, तालिमहरू दिने खालको सोच राखिएको पनि बताए ।

‘विगतमै परिषद् बसेर सम्बन्धन दिइसकेका संस्थाहरुको हकमा आयोगले कन्सिडर गरिदिएको भए हुन्थ्यो भन्ने पनि लागेको थियो। ४८ वटा संस्थाहरु अपग्रेड हुने रहेछन्। सम्बन्धन दिने निर्णय पनि पहिले नै भइसकेको रहेछ। अब हाम्रो बाटो खुलेको छ जुन परीक्षा लिने सम्बन्धमा हामी परिषद् बसेर परिषद्ले गर्नुपर्ने निर्णयहरु गरिकन जुन सम्बन्धन दिएका संस्थाहरु छन् तिनीहरुलाई अपग्रेड गरिने संस्थाहरुलाई आयोग समक्ष प्रस्तुती गर्छौं ।’

सिटिइभिटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरुको सम्बन्धमा निर्णय गरेर आयोग समक्ष पठाइने पनि उनले बताए। उनले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने पनि बताए ।