ताजा अपडेट »

आफैलाई हराउनेलाई पुरस्कार वितरण गर्न परेपछि...

शुक्रबार, २२ भदौ २०८०

गुल्मी । प्रमुुख अतिथीका हैसियतले गुल्मीका जिल्ला न्यायधिश वसन्तराज पौड्याललाई विजयी खेलाडीहरुको पुरस्कार वितरण गर्न अगाडी निम्ताईयो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली बिश्वकर्माले सबै विद्याका विजयी खेलाडीको नाम घोषणा गर्दै थिए ।

क्रमशः ब्याडमिन्टन भेट्रान तर्फका प्रथम विजयी खेलाडी जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी नविन किशोर प्रधान र प्रमुख अनुसन्धान अधिकृत विनय चर्तुवेदीलाई निम्ताईयो । त्यस्तै द्धितीय रेसुङ्घा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्याल , नेपाल टेलिकमका विजयी खनाल र तृतिय रुरुक्षेत्र गाउँपालिकाका कर्मचारी पशुपति कँडेल र प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासेलाई पुरस्कार ग्रहण गर्न कार्यालय प्रमुख बिश्वकर्माले निम्ताए ।

हातमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्न उभिएका सभाध्यक्ष प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र प्रमुख अतिथी जिल्ला न्यायधिश पौडयाल मुस्कुराउँदै थिए । त्यही क्रममा जिल्ला न्यायधिस पौडयालले टाउको कनाउँदै भने– ‘क्यार्नी, हुन त यो खेलको प्रतिस्पर्धी मैं थिए , तर आफैले पुरस्कार वितरण गर्न प¥यो’ उनको त्यो भनाई संगै समारोह स्थल हाँसोले गुन्जायमान बन्यो । कार्यक्रम स्थल थियो तम्घासको बालमन्दिर सभाहल । कार्यक्रम थियो निजामति सेवा दिवस २०८० । यस अवसरमा दिवस मुल समारोह समितिले आयोजना गरेको त्रिदिवसीय विविध कार्यक्रम र खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरिदै थियो ।

ब्याडमिन्टन खुल्ला तर्फ कर्मचारीहरु प्रेमबहादुर महत , ललित चौधरी र टेकबहादुर केसीले प्रथम पुरस्कार हात पारेका छन । द्वितीय कृष्णप्रसाद पन्थी, लोकेन्द्र कुँवर, टेकबहादुर केसी, तृतिय प्रभरा घर्ति, प्रकाश चौधरी रामबहादुर कुँवर र कृष्ण सारुको टोलीले पुरस्कार जितेका छन । म्युजिकल चेयर तर्फ प्रशासनकी रामकुमारी घर्तिले प्रथम पुरस्कार विजेता बनेकी छन । तृतीय वन कार्यालयकी अधिकृत मुना शर्मा र तृतिय प्रशासनकै गिता मुखीयाले पुरस्कार जितेकी छन । फुटसल खेल प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जित्न सफल भएका छन मदन भण्डारी राजमार्ग योजना कार्यालयका शव ईन्जिनियर प्रेमबहादुर बिक ।

कन्जनपुरको कृष्णपुर नगरपालिका ६ निवासी बिक हाल सम्मका प्रतियोगितामा सवोत्कृष्ट वा प्रथम खेलाडी हुँदै आएको उनका सहकर्मी शव ईन्जिनियर विवस बास्तोला बताउँछन । यस खेलमा यस प्रतियोगितमा संगिता पौडयाल , राहुल थापा , हिमाल कार्की , बिरेन्द्रबहादुर शाही, प्रशान्त खत्री, अमृत बस्नेत, दिलिप गसप्ताको टिमले प्रथम पुरस्कार हात पारेको छ । द्वितीय पुरस्कार विवस बास्तोला , चतुर्भुज पन्थी, प्रेमबहादुर घर्ति, वोधविक्रम पन्थी, रमेश श्रेष्ठ र हरिशचन्द्र सेजुवालको टिमले हाता पारेको छ । यसमा तृतिय पुरस्कार नभएको कार्यालय प्रमुख बिश्वकर्माले बताए ।

ब्यवसायितक र सिर्जनशिल प्रशासन विकास, समृद्धि र सुशान ” भन्ने मुल नाराका साथ आयोजित निजामति सेवा दिवसका प्रमुख अतिथी जिल्ला न्याधिस पौडयालले आफुहरु कर्मचारीहरु राष्ट्र र जनताको सेवामा चौविसै घण्टा खटनु पर्ने भए पनि औपचारिक रुपमा विहान १० देखि साँझ ५ बजे सम्म खटने गरिएको बताउँदै भने , सेवाप्रवाहका लागु आफु मानसिक र शारिरीक रुपमा तन्दुरस्त रहन विहान साँझको समय खेलकुद सहित विभिन्न कृयाकलापमा सहभागि भई आफुलाई तन्दुरस्त राख्नु पर्ने सुझाव दिए ।

कार्यक्रमका अतिथी आधिकारिक टे«डयुनियनका अध्यक्ष खिमबहादुर अधिकारी, प्रहरी प्रमुख प्रधानले शुभकामना मन्तब्य राखेका थिए । सहयाक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजन र प्रमुख जिल्ला अधिकारी केसीको अध्यक्षता रहेको कार्यक्रमलाई केसीले समपन गर्दै भने हिजो मात्रै क्याविनेटले संघिय निजामति ऐन पास गरेको र कर्मचारीहरुको हकहितका पक्षमा चाँडै लागु पनि होस भन्ने कामना गर्दछु । २०१३ साल भदौ २२ गतेका दिन तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा निजामति ऐन लागु भएको र २०६१ साल देखि दिवस मनाउने परम्परा सुरु भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनु अघि तम्घास बजारमा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा निजामती कर्मचारीका अलवा सुरक्षा निकाय पनि सहभागी थिए । तृदिवसिय कार्यक्रममा सरसफाई र बृक्षरोपण समेत गरिएको मुल समारोह समितिका अध्यक्ष केसिले बताए । समारोहमा आर्थिक सहयोग गर्ने कर्मचारी मिलन केन्द्र , बृक्षारोपणमा सहयोग गर्ने बन डिभिजन , खेलकुद प्रतियोगिताको संयोजन गर्ने जिल्ला खेलकुद बिकास कार्यालय र सजभागी खेलाडिहरुलाई प्रजिअ केसिले धन्यवाद दिए ।