ताजा अपडेट »

६८ वर्षपछि कालिगण्डकी कोरिडोर सम्पन्न हुने चरणमा

विहीबार, २१ भदौ २०८०

गुल्मी । कालिगण्डकी कोरिडोर हुँदै उत्तर चीन र दक्षिण भारतसम्म सडक सञ्जाल जोडने परिकल्पन गरेको ६८ वर्षपछि गुल्मीखण्ड साकार हुने तयारीमा रहेको छ । २०१२ सालमा गुल्मीको वस्तुस्थित तत्कालिन समाजसेवि गोपाल प्रसाद श्रेष्ठको घरमा त्यति बेलाका कांग्रेस नेता शान्तिपुर निवासी दयानिधी शर्मा लगायतका अगुवाको बैठकले उक्त सडक सञ्जाल जोडने परिकल्पना गरेको जानकारहरु बताउँछन ।

अहिले कालिगण्डकी कोरिडोर नामकरण भएको उक्त सडक धमाधम पिचको काम भईरहँदा उति बेलाको परिकल्पना पुरा भएको हो । कालिगण्डकी कोरिडोरका अभियान्त मध्येका एक नेकपा एमालेका नेता गुल्मी खडककोट निवासी टिकाराम ढकाल २०१२ सालदेखिका जानकार व्यक्ति हुन् । पछि मन्त्री समेत भएका काँग्रेस नेता दयानिधी शर्माले परिकल्पना गरेको र पछि कपिलवस्तु सहित १६ जिल्लाका ठुला नेताहरुको बैठक २०५४ सालमा पाल्पामा बसेको र पछि काठमाण्डौ पुगेर तत्कालिन मुस्ताङ्गकी माननीय श्रीमाया थकालीको अध्यक्षतामा कालिगडकी कोरिडोर सरोकार समिति गठन भएको उनले बताए ।

नेता ढकालका अनुसार सुरुमा सुनिली लुम्विनी र कपिलवस्तु्को तिलौराकोट रिडी मुक्तिनाथ हुँदै चिनको कोराल्ला जोडने परिकल्ना गरिएको थियो । तर भारतले सिधै चीनन जोडन मानेन । २०५७ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा वेनी जोम्सोम कोराल्लासम्मको सडक नेपालीसेनालाई निर्माणको जिम्मा दिने स्वीकृत गराईएको थियो ।

१० वर्ष लगाएर कोराल्ला जोम्सोङ्ग बेनीसम्मको ८३ किलोमिटर ट्रयाक खोल्ने काम सेनाले सकेको ढकालको भनाई छ । सुनौलीबाट सिधै चीनन जोडन भारतले नमाने पछि पुर्वी नवलपरासीको गैडाकोटबाट पूवी पाल्पा हुँदै कालिगडकी कोरिडोर रिडीतर्फ ल्याईको ढकाल सुनाए । उनका अनुसार गैडाकोट देखि रिडीसम्म १६० किलो मिटर रहेको छ । रिडी, रुद्रवेणी, हमिचौर हुँदै बाग्लु्ङ्गको मालढुङ्गासम्म ७५ किलोमिटर रहेको छ ।

मालढुङ्गादेखि कोराल्लासम्म १९० किलोमिटर रहेको छ । यस सडकको रिडी , हर्मिचौर अर्वेनीसम्मको सडक खोल्न कडा चट्टान र अनकन्टार भिर भएका कारण २०६४ पछिका संविधानसभा सदस्य सुदर्शन बरालको पहलमा २०६८ सालमा नेपाली सेनालाई निर्माणको जिम्मा दिने नेपाल सरकारले निर्णय गरेको थियो । नेता बराज भन्छन, ‘२०६८ सालमा मैले तत्कालिन योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, योजना आयोगका सचिव युवराज भुसाललाई स्थलगत अवलोकनमा ल्याएएको थियो । त्यस पछि काठमाण्डौं गई नेपाली सेनाका जर्नेल सहितको मिटिङ्ग बसेर नेपाली सेनालाई निर्माणका जिम्मा दिने सरकारले निर्णय गरेको हो ।’

रिडीदेखि रुद्रवेणीसम्मको सडकमा २०४१ सालदेखि निर्माण समितिका अध्यक्ष रहेका कांग्रेस नेता तथा सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले भने ‘रुद्रवेणी पुल पारी सम्म २०४५ सालमा ट्याक्टर सम्म ल्याउन सफल भईएको हो । उनले रिडीदेखि हर्मीचौरसम्म २१ किलोमिटर सडक पिच हुने कार्य अन्तिम चरणमा पुगेको र त्यहाँदेखि पुर्तिघाटसम्म १५ किलोमिटर पिच हुनका लागि टेण्डर भईसकेको, यता रुद्रवेणी देखि वामीटक्सारसम्मको सडक पनि ठाउँ ठाउँमा पिच हुँदै जान थालेकोले आफुहरुमा खुशी पलाएको ढकालले बताए ।

उता कालिगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा आगमी दुई वर्ष भित्रमा मालढु्ङ्गासम्म गुल्मी खण्डको कोरिडोर पिच भई सक्ने यसले त्यस भेगकै समृद्धिको आधारशिला खडा गर्ने अपेक्षा गरेको बताउँछन । कालिगण्डकी कोरिडोर सडकको स्तरोन्नतीसंगै उत्तर चिन र दक्षिण भारत बिच वौद्य र हिन्दु धर्मलम्मी बिच तिर्थ यात्रा सुरु भई सकेको छ । हामी मुक्तीनाथ पुग्दा त्यहाँ नेपालीको भन्दा भारतिय धर्मालम्वीहरुको भिड बढि देखिन्थ्यो ।

सडक किनारहरुमा सुविधा सम्पन्न होटल सञ्चालन हुन सुरु गरेका छन । यता गुल्मी खण्डको पुर्तिघाट अर्वेनी , हर्मिचौर सडक किनारमा पनि पक्की भवन धमाधम निर्माण भईरहेका छन । ११ वर्षसम्म तम्घासमा होटल गरेका तिलाचन न्यौपाने कालिगण्डकी कोरिडोर खुलेसंगै अर्वेनी गाउँ फर्केर ६० लाख खर्च गरेर पक्की घर बनाई होटल सञ्चालन गरेका छन । न्यौपाने भन्छन त्यत्रो वर्ष तम्घासमा होटल खोलियो । तर कोभिडमा गाउँ फर्के पछि यहि गाउँमै घर बनाएर होटल गर्ने मन जाग्यो । अहिले तम्घासमा भन्दा होटल यहि राम्ररी चलेको छ ।

यता रिडी देखि खज्र्याङ्ग अर्घाखाँची हुँदै दाङ जोडिने सडक पनि स्तोरोन्नतीको अन्तिम चरणमा छ । सालझण्डी ढोरपाटन सडक पनि त्यही गपतमा निर्माण भईरहेको छ । यी सडक सम्पन्न हुँदा गुल्मीको विकास र समृद्धिको कोशेढुङ्गा सवित हुने एमाले उपमहासचिव तथा पुर्वमन्त्री प्रदिपकुमार ज्ञवाली, अर्का एमाले नेता गोकर्णराज बिष्ट , कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारी, माओवादी नेता तथा प्रदेशका पुर्वमन्त्री सुदर्शन बराल लगायतका नेताहरुले बताउँदै आएका छन् । यी सबै नेताहरुको पहलमा कालिण्डकी कोरिडोर, सालझण्डी ढोरपाटन सडक खुलेर सम्पन्न हुने चरणमा पुगेका हुन ।

उनीहरु सहित, कालिगण्डकी कोरिडोरमा निर्माण्मा पुराना एमाले नेता टिकाराम ढकाल, पुर्व जिविस सभापति कोशल पोखरेल, राप्रपा नेता भरत चन्द, नेपाली सेनाका कर्णेली रेश्मीराजव भट्टराई, अन्तिरिम सरकारका प्रधानमन्त्री खिलराज रेग्मी, योजना आयोगका पुर्व दिपेन्द्रबहादुर क्षेत्री, तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल र सदस्य सचिव युवराज भुसाल लगायतका उच्च पदस्थ कर्माचारीहरुको योगदानलाई पनि यस भेगका जनताले सधैव सम्झी रहने सरोकारवाला बताउँछन ।