गुल्मी । नेपाल रेडक्रस सोसाइटी गुल्मीले ६१ औँ स्थापना दिवसको अवस्थामा जिल्लाका सबै माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न गरेको छ । मानव सेवामा जुनियर तथा युवाको भुमिका बिषयक प्रतियोगीताको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले उद्घाटन गरेका थिए । उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीसहितका अतिथीहरुले प्रतियोगिको प्रस्तुती अभिरुची पुर्वक गरिरहेका थिए ।
चन्द्रकोटका ११ वटा माबिका सहभागी विद्यार्थी मध्ये ज्ञानोदय नमुना माबि मजुवाकी समिक्षा सापकोटा प्रथम भएकी छ्न् । त्यस्तै शारादा माबि सारङ्ग्की छात्रा अनिषा क्षेत्री द्वितीय र ग्वाघा माबिका सुगम कार्की तृतिय भएका छ्न् । बिजेता तिनै जनालाई कार्यक्रमका प्रमुख अतिथी पालिका अध्यक्ष क्षेत्रीले नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य मार्फत मनोरञ्जन प्रदान समेत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष क्षेत्रीले उदय माबि चन्द्रकोट गाउँपालिका कै नेतृत्वदायी शैक्षिक संस्था भएकोले त्यही अनुसारको भुमिकामा आफुलाई उभ्याई राख्न आग्रह गरे । रेड्क्रसका जिल्ला सभापती राजेन्द्र प्रसाद श्रेष्ठका अनुसार परिक्षा चलिरहेकोले इस्मा गाउँपालिकामा प्रतियोगीता हुन सकेन अन्य सबै पालिकामा गरिएको छ ।
कार्यक्रममा विशेष अतिथी पालिका उपाध्यक्ष भण्डारी, वडा नम्बर ४ का वडाध्यक्ष बलबहादुर बस्नेत, त्यस पालिकाका शिक्षा शाखा प्रमुख नयन सिंह ठकुरी ,प्रधानध्यापक हरिप्रसाद न्यौपाने, शारदा माविका प्रधानध्यापक बिष्णु सुवेदी, उदय मावि जुनियर रेडक्रसका शिक्षक श्यामलाल गौतम, रेडक्रस सोसाइटीका जिल्ला सदस्य भानुभक्त सुवेदी लगायतले मन्तव्य राखेका थिए । सहभागिलाई त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धातानन्द शर्माले धन्यवाद दिँदै समापन गरे ।
यसै बिच चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुसाल सरुवा भए पछि मंगलबार त्यस पालिकाले फेरि भेटौलाँ कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । उनी जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोक सरुवा भएको र उनको ठाउँमा अर्घाखाँची छत्रदेव गाउँपालिका कै सरोज भुसाल पर्सिदेखि जिम्मेवारी सम्हाल्न आउने पालिका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया