ताजा अपडेट »

नेपालका लागि ५८ रन जोडेर आसिफ शेख आउट

सोमबार, १८ भदौ २०८०
1 Shares

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले आसिफ शेखलाई पनि गुमाएको छ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङ गरिरहेको नेपालले आसिफलाई ५८ रनमा गुमाएको हो। आसिफ भारतका मोहम्मद सिराजले गरेको २९.५ ओभरमा विराट कोहलीबाट क्याच भएका हुन्।

जारी खेलको ३० ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १३३ रन बनाएको छ। नेपालले यसअघि कुशल भुर्तेललाई व्यक्तिगत ३८, भीम सार्कीलाई सात रनमा, कप्तान रोहितकुमार पौडेललाई पाँच र कुशल मल्ललाई दुई रनमा गुमाएको थियो। हाल क्रिजमा रहेको गुल्सन झा १८ रनमा र दीपेन्द्रसिंह ऐरी एक रनमा खेलिरहेका छन्।