ताजा अपडेट »

नेपाल भर्सेज भारत : ५ ओभर सकिँदा नेपालले २३ रन जोड्यो

सोमबार, १८ भदौ २०८०
2 Shares

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । 

५ ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ । आशिफ शेखले ७ रन र कुशल भुर्तेलले १२ रन जोडेका छन् ।