ताजा अपडेट »

नेपाल भर्सेस भारत : नेपालले पहिला ब्याटिङ गर्ने

सोमबार, १८ भदौ २०८०
2 Shares

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल हुँदै छ । भारतले टस जितेको छ भने नेपालमा पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । श्रीलंकाको पालेकेले रंगशालामा केहीबेरमै खेल सुरु हुँदै छ ।