ताजा अपडेट »

बेपत्ता बृद्धा मृत फेला

सोमबार, १८ भदौ २०८०

गुल्मी । गत ८ दिन अघि घरबाट बेपत्ता भएकी गुल्मीको इस्मा गाउँपालिकाकी एक बृद्धा सोमबार बिहान मृत फेला परेकी छ्न् ।

इस्मा गाउँपालिका ५ दरिनढुङ्गाकी ७० बर्षिया ज्ञानु माया बस्नेत मृत फेला परेकी हुन् । उनी सोही पालिका ४ को कुभिण्डे जङ्गलमा मृत फेला परेको गुल्मीका प्रहरी प्रमुख एसपी नवीन किशोर प्रधानले जानकारी दिए ।

उनी बेपत्ता भएको समाचार केही दिन अघि यस अनलाइनमा प्रकाशित गरेका थियौ ।