परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका भिमटाँडीमा प्रहरीले अवैध चिनि सहित गाडी नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ ७ः२० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३—००१ च ०३०४ को पिकअफलाई चेकजाँच गर्दा ५० बोरा चिनि बरामद गरेको हो । चिनि अन्दाजी १ लाख पचास हजार र पिकअफको १० लाख गरी ११ लाख ५० हजार बराबरको मालसामान फेला परेको प्रहरीले जनाएको छ । यसैक्रममा पिकअफ चालक रामग्राम ७ देवरुवा बस्ने बर्ष ३० का सन्तोषकुमार तेलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपि भोजराज पाण्डेले जानकारी दिए।
बरामद भएको ५० बोरा चिनी, पिकअफ भ्यान र चालक तेलीलाई आवश्यक कारवाहीकालागि भन्सार कार्यालय महेशपुर पठाइएको छ । प्रहरी चौकी बासाका प्रहरी सहायक निरीक्षक विरेन्द्र चौधरीको कमाण्डमा खटिएको टोलिले सो अवैध सामान बरामद गरेको हो ।
प्रतिक्रिया