ताजा अपडेट »

स्व.अपुर्व क्षेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम

आइतबार, १७ भदौ २०८०

बुटवल । फ्रिड्म गाईजका सदस्य स्व.अपुर्व क्षेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल नियमित रक्तदाता संघ र फ्रिड्म गाईज संयुक्त पहलमा भएको कार्यक्रममा १ सय २८ जनाले रक्तदान गरेका छन् ।

रक्तदानको लागि सबै अगाडि बढौं रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्दै प्रत्येक रक्तदाता जिवनदाता हो भन्ने उद्देश्यका साथ स्व.अपुर्व क्षेष्ठको पुण्य तिथिमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएका छन् । वुटवलको हिलपार्कमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य राधा पौड्याल, नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी र संस्थाका महासचिव दिपक अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमा विशिष्ठ अतिथि संस्थाका संरक्षक मृगेन्द्र सेरचन सल्लाकार सुरेन्द्र शाक्य, फ्रिड्म गाईजका कार्यक्रम संयोजक पवन राई, नेपाल नियमित रक्तदाता संघका कोषाध्यक्ष प्रेम बहादुर सुनार (हुकुम) सह–कोषाध्यक्ष विष्णु भण्डारी, सदस्य राजु रसाइली, राजेश गैरे, गंगा विश्वकर्मा, सुनिता बराल,वुद्धि ज्ञवाली, लगायत स्थानिय युवाहरु,समाजसेवी , बुद्धिजिवीहरुको सहभागीता रहेको थियो । यस कार्यक्रमको जानकारी नेपाल नियमित रक्तदाता संघका संयोजक झपेन्द्र अधिकारीले गराउनु भएको थियो । कार्यक्रममा १ सय २८ पाईन्ट रगत संकलन भएको थियो ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको सह आयोजक गार्गी एकेडेमी, गणेश बहादुर जि.सी र भगवता पौड्याल रहेका छन् ।