ताजा अपडेट »

कोशी प्रदेश सरकारसम्बन्धी रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

शुक्रबार, १५ भदौ २०८०
1 Shares

काठमाडौँ। कोशी प्रदेश सरकारको भविष्यका बारेमा आज सर्वोच्च अदालतमा पूर्ण सुनवाइ हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनवाइ हुन लागेको हो। सुनुवाईका लागि पेशी न्यायाधीशद्धय इश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलास उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिएको थियो। भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी ताकिएको थियो ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कामचलाउको अवस्थामा छ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सविालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका छन् ।

सभामुखले राजीनामा दिई मुख्यमन्त्रीलाई मतदान गरेको र उपसभामुख विदामा रहेको समयमा जेष्ठ सदस्यलाई प्रदेशसभाको सभाध्यक्ष बनाइएको थियो। तर विश्वासको मत लिने क्रममा बहुमत नपुगेपछि प्रदेशसभाको अध्यक्षता गर्ने जेष्ठ सदस्यले पनि मतदान गरेका थिए ।

उक्त मतदान संविधान विपरीत रहेको भन्दै पूर्व मुख्यमन्त्री समेत रहेका हिक्मतबहादुर थापाले उक्त सरकार गठन उत्प्रेषणको आदेशबाट बदर गरी ठूलो दलको हैसियतमा आफू नेतृत्वको सरकार गठनका लागि परमादेश दिन माग गरेका थिए ।