बुटवल । बुटवल सुनचाँदी व्यवसायी महिला समुहको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकि प्रमुख साबित्रादेवि अर्याल तीज हिन्दु नेपाली महिलाहरुको बिशेष पर्व रहेको र यसले दिदिबहिनीले दुख सुख साटासाट गर्ने अवसर प्रदान गरेको बताइन् ।
पछिल्लो समय तीज केही भड्किलो भएकाले सामान्य रुपमा नै तीजलाई मनाउनु पर्ने बताइन् । बुटवल सुनचाँदी व्यवसायी महिला समुहकि अध्यक्ष किरण विश्वकर्माले सुनचाँदी व्यवसायी महिलाहरु एकै ठाउँमा जम्मा भएर आफ्ना अनुभव साटनको लागि तीज मिलन कार्यक्रमको आयोजना गरिएको बताइन् ।
कार्यक्रममा जोगलाल विश्वकर्मा, एसरत्न बज्राचार्य, हिमबहादुर विश्वकर्मा, गोकुल विश्वकर्मा लगायतले बोल्दै तीजको शुभकामना दिएका थिए । सरु खड्काको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन सचीव कोपिला रसाइलीले गरेकी थिइन भने अनौपचारिक कार्यक्रमको संचालन दुर्गा गुरुङले गरेकी थिइन ।
प्रतिक्रिया