ताजा अपडेट »

समाजवादी मोर्चाको विचार र मान्यतामा सहमत भएर आउनेलाई स्वागत गछौँः माधव नेपाल

मंगलबार, १२ भदौ २०८०
1 Shares

बुटवल । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चामा अरु पनि आउन चाहे स्वागत गर्ने बताएका छन् ।

मंगलबार बुटवलमा समाजवादी मोर्चा नेपालको सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विचार र मान्यतामा सहमत भई आउनेलाई आफुहरुले स्वागत गर्ने बताएका हुन् । ‘समाजवादी मोर्चामा अरु पनि आउन चाहे हामी स्वागत गछौँ ।,कसैलाई हामीले ढोका बन्द गरेका छैनौँ । तर, विचार र मान्यतामा सहमत हुनु पर्छ ।’– उनले भने । मानिसको सोच र व्यवहारमा परिवर्तन गर्ने अभिभार बामपन्थी शक्तिहरुले लिनु पर्ने उद्देश्यका साथ समाजवादी मोर्चाको गठन गरिएको अध्यक्ष नेपालले बताए ।

‘राजनीतिक भन्दा पनि आर्थिक परिर्वतन गाहो हुने रहेछ । सामाजिक परिर्वतन झन गाहो हुने रहेछ । सांस्कृतिक परिर्वतन झन गाहो हुने रहेछ । मानिसको सोच र व्यवहारमा परिवर्तन गर्ने अभिभार बामपन्थी शक्तिहरुले लिनु पर्छ । यही उदेश्यका साथ हामीले समाजवादी मोर्चाको गठन गरेका हौँ ।’–अध्यक्ष नेपालले भने ।