ताजा अपडेट »

लुम्बिनीमा समाजवादी मोर्चाको घोषणा

मंगलबार, १२ भदौ २०८०
1 Shares

बुटवल । समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सदस्यहरुको नाम घोषणा गरिएको हो ।

मोर्चामा आवद्ध दलका ३/३ जना नेताहरु सदस्य रहने गरि समन्वय कमिटी गठन गरिए हो । मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष  दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रुपमा चयन भएका छन्।

यसैगरी एकीकृत समाजवादीको तर्फबाट पोलिट व्युरो सदस्य  सोम पाण्डे, निर्मल सुवेदी र मेटमणी चौधरी रहेका छन्  भने  जसपाबाट नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् । यस्तै नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चामा आवद्ध भएका छन् ।