काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भिर प्रश्नहरु उठेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले परराष्ट्र नीतिहरु र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भिर प्रश्नहरु उठेको बताए ।
अध्यक्ष ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने अवस्था आएको बताए । मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्पारिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने उनले बताए । अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरुपता ल्याउन र मुलुकको हीत हुनेगरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताए ।
‘अहिले परराष्ट्र सम्बन्धका बारेमा सरकारको परराष्ट्र नीतिहरु र व्यवहारको तालमेल नभएको र अस्पष्टताहरुबारे बजारमा गम्भिर प्रश्नहरु उठेका छन् ।’–ओलीले भने ‘कमसेकम ती प्रश्नहरुको यथोचित समाधान सविस्तार छलफल गरेर मार्गदर्शन गर्नुपर्छ ।’ असंलग्न परराष्ट्र नीतिमा नेपाल सदैव अडिग रहेको बताउँदै उनले कुनैपनि सैन्य पक्षधरता, सैन्य गुटतिर सरिक, संलग्न नहुने र पक्षधरता पनि नलिने रणनीति र सदैव शान्तिको पक्षधर नीति रहेको सरकारलाई ध्यानाकर्षण गराए ।
अध्यक्ष ओलीले सबै दलको सहमतीमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले उपयोगी काम गर्नसक्ने पनि बताए ।
प्रतिक्रिया