बुटवल । लायन्स क्लब अफ बुटवल मुक्तिनाथले संस्था स्थापनाको आठौं वर्ष पार गरि नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरेको छ। जस्तै क्लब को आठौं चार्टरनाइट, इन्डक्सन,इन्स्टलेसन, अवार्ड सेरेमोनी, डाइरेक्ट्री बिमोचन, राहत रकम हस्तान्तरण तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता क्लब का अध्यक्ष गोबिन्द प्रसाद बन्जाडेले गरेका थिए भने प्रमुख आतिथ्यता लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपाल का डिष्ट्रीक्ट गवर्नर पिएमजेएफ अर्जुनमान सैंजुको रहेको थियो। विशिस्ट अतिथी आईपीडीजी पीएमजेएफ नबराज न्यौपाने, अतिथीमा डिस्ट्रिक्ट ३२५पी, नेपालका प्रथम भिडिजी एमजेएफ पुर्षोतम भक्त प्राधानाङ्ग, दोस्रो भीडीजी पीएमजेएफ बालाराम भट्टराई, पीडीजी एमजेएफ महेन्द्रनारायण श्रेष्ठ , जिल्ला कोषाध्यक्ष शेर दिनेश प्रसाद श्रेष्ठ, एलसीआईएफ समन्वयक एमजेएफ शेर संदिप कसौधन, डिष्ट्रीक्टका अफिसर्स रहेका थिए ।
क्लब का एक्स्टेन्सन,गाइडिङ्गलायन,क्लबका पुर्व अध्यक्ष, विभिन्न क्लबका अध्यक्ष, कलाकार, फोटोग्राफर तथा क्लबका सदस्यका परिवारको रहेको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष लायन बिनोद पौडेललाई सम्मान गरिएको थियो। कार्यक्रममा क्लबका पुर्व अध्यक्ष तथा डिष्ट्रीक्ट चिफ लायन लक्ष्मण रेग्मी,एरिया ३ का एरिया चिफ लायन बिनोद सुवेदी,डिष्ट्रीक्ट एडभाइजर तथा क्लबका एक्स्टेन्सन राम प्रसाद बन्जाडे, दोस्रो भीडीजी पीएमजेएफ बालाराम भट्टराई, प्रथम वीडीजी एमजेएफ पुर्षोतम भक्त प्राधानाङ्ग, आईपीडीजी पीएमजेएफ नवराज न्यौपाने तथा प्रमुख अतिथी डीजी पीएमजेएफ अर्जुनमान सैंजुले शुभकामना मन्तव्य राखेका थिए।
बक्ताहरुले क्लबले गरेका उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै मुक्तिनाथ लायन्सले छोटो समयमा डिष्ट्रीक्ट तथा अन्तरास्ट्रिय मा छुट्टै पहिचान बनाउन सफल भएको र यसको उचित मुल्यांकन हुने पनि जानकारी गराए । राष्ट्रीय ख्यातिप्राप्त तथा स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रम संचालन क्लबका सचिव लायन राजेश गौतमले गरेका थिए भने कार्यक्रमको संयोजन क्लबका प्रथम उपाध्यक्ष लायन छबिलाल पाण्डे (कृष्ण) ले गरेका थिए ।
क्लबको अर्को कार्यक्रम ल्याब तथा विशेषज्ञ टोलि सहितको निशुल्क बृहत स्वास्थ शिविर यहि भदौ १६ गते शनिबारका दिन अर्घाखाँची जिल्ला छत्रदेव(६ ठुलापोखरा मा संचालन हुने क्लबका पुर्व अध्यक्ष तथा जोन १६ का जोन चेयर पर्सन कृष्ण प्रसाद पाण्डे ज्यु ले जानकारी गराए । कार्यक्रममा एकल महिला सहयोगार्थ ७३ हजार ३२१ राहत रकम सोही कार्यक्रम मा हस्तान्तरण गरिएको थियो।
प्रतिक्रिया