ताजा अपडेट »

काडमाडौंपछि बुटवलमा एडी एजुकेशनको पहिलो शाखा

सोमबार, ११ भदौ २०८०

बुटवल । काठमाडौंमा केन्द्रीय कार्यालय रही विगत ३ वर्षदेखि काम गर्दै आएको एडी इन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीले बुटवलमा पहिलो शाखा विस्तार गरेको छ । बुटवलको मिलनचोकमा स्थापना भएको शाखा कार्यालयको सोमबार एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ ।

कार्यालयको उद्घाटन गर्दै लुम्बिन प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री सिके गुप्ताले आवश्यक सहयोगका लागि तयार रहेको प्रतिवद्धता गरे । मुलुकका लागि दक्ष र शिक्षित जनशक्तिको आवश्यकता रहेको बताउँदै गुप्ताले सोही अनुसार प्रदेश सरकारले हरेक वडा तथा टोलटोलमा शिक्षाको पहुँच पुर्याउने गरी काम गरेको दाबी समेत गरे । उनले कन्सल्टेन्सीलाई सफलताको शुभकामनासहित विदेशमा शिक्षाका लागि विद्यार्थी पठाउने मात्र नभई उनीहरुलाई स्वदेश फिर्ताका लागि पनि काम गर्न आग्रह गरे ।

यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले कन्सल्टेन्सीहरुले जनशक्तिलाई जसरी विदेश पठाउने गरेको छ, त्यसैरी फर्केर ल्याउने वातावरण पनि बनाउनु पर्नेमा जोड दिए । यस्तै राष्ट्रिय जनमत पार्टीका केन्द्रीय सचिब भोपिन्द्र यादवले नेपालका विश्व विद्यालयलाई महत्व दिन सकेनौं नसकेको गुनासो गरे । विद्यार्थीहरु अध्ययनका लागि विदेश जाँदा यहाँका विश्वविद्यालयहरु खाली हुँदै गएको बताउँदै उनले त्यसलाई नै सरकारले महत्व दिन नसकेको उल्लेख गरे ।

कन्सल्टेन्सीका बारेमा जानकारी गराउँदै प्रवन्ध निर्देशक दिपक लामिछानेले नेपालबाट विद्यार्थीलाई विदेश लैजाने मात्र नभई अब विदेशका विद्यार्थीलाई समेत बुद्धिजम अध्ययनका लागि नेपाल ल्याउने प्रयास भैरहेको उल्लेख गरे । स्थापनाकालदेखि हालसम्म सयौंको संख्यामा विद्यार्थीलाई विदेश जानका लागि सहजिकरण गरेको जानकारी दिँदै उनले अन्य शहरहरुमा समेत शाखा विस्तार गर्ने योजना अनुसार काठमाडौंपछि बुटवलमा पहिलो शाखा विस्तार गरिएको उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कन्सल्टेन्सीका बुटवल शाखा प्रमुख कृष्ण पाण्डेले यूके, डेनमार्क लगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि सेवा प्रदान गर्दै आएको जानकारी दिए । कन्सल्टेन्सीमा आईईएलटिएस, पिटिई लगायको टेस्ट प्रिपिरेशन कक्षाहरु सञ्चालन हुने उनले बताए ।